Comments Add Comment

इनर्जी ड्रिंक्सले शक्तिमात्र होइन गम्भीर रोग पनि निम्त्याँछ

अहिले हामीकहाँ पनि इनर्जी ड्रिंकले व्यपकता पाउँदै गएको छ । किशोरकिशोरी, बालबच्चादेखि वयस्कहरु समेत इनर्जी ड्रिंक घुट्क्याइरहेका हुन्छन् । इनर्जी ड्रिकले के गर्छ ?

हामी ठान्छौं, शक्ति दिन्छ । स्वाद दिन्छ । तिर्खा मेट्छ ।

तर, यसको असर फरक छ । इनर्जी डि्रंक्सको अत्यधिक सेवनले अनेकन स्वास्थ्य समस्याहरु पैदा गर्न सक्ने एक अध्ययनले खुलासा गरेको छ । यसले पैदा गर्ने स्वास्थ्य समस्याहरुमा मानसिक असन्तुलन, रक्तचाप, मोटोपना र किड्नीमा खराबी लगायत छन् ।

अध्ययनबाट यो जानकारी प्राप्त भएको छ कि अक्सर इनर्जि डि्रंक्सलाई रक्सीका साथ लिने गरिन्छ । अधिकांस इनर्जि डि्रंक्सको अवयवमा पानी, चिनी, केही भिटामिन, खनिज, कफिन र गैर-पोषक उत्तेजक पदार्थ आदि समावेश हुन्छन् ।

किन हानिकारक ?

इनर्जी ड्रिक्समा लगभग १०० मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ जुन नियमित कफीको तुलनामा आठ गुणा बढि हो । कफीमा १२ मिलिग्राम कफिन प्रति तरल औंस हुन्छ । इनर्जि डि्रंक्समा उपरोक्त सबै स्वास्थ्य जोखिमहरु यसमा मौजुद रहने चिनी र कफिनको उच्च मात्राका कारण हुन्छ ।

इन्डियन मेडिकल एसोसिएसन (आइएमए)का अनुसार, ‘इनर्जी ड्रिक्सले शरीरलाई हानी गर्छ । यसमा कफिनको अधिक मात्रा हुनाले युवाहरु तथा बुढाबुढीलाई मुटुरोग, रक्त प्रवाह तथा रक्तचापको समस्याहरु उत्पन्न हुन सक्छन् ।’

यी पेय पदार्थमा तौरिन नामक एक तत्व हुन्छ जसले कफिनको प्रभावलाई बढाउँछ । यसका अलावा जो मानिसहरु रक्सीका साथ इनर्जी ड्रिंक्स पिउँछन्, उनीहरु यसको प्रभावमा अधिक रक्सी  पिइदिन्छन् । इनर्जी ड्रिंक्स लिँदा रक्सी पिएको थाहा हुँदैन र मानिसहरु अधिक पिउन प्रेरित हुन्छन् ।

कसलाई बढी खतरा ?

१८ वर्षभन्दा कम उमेरका मानिसहरु, गर्भवती महिलाहरु, कफिनप्रति सवेदनशील व्यक्तिहरुलाई यसले बढी हानी पुर्‍याउँछ । यहाँ इनर्जी डि्रंक्सको विकल्पमा केही खाद्य पदार्थहरु उल्लेख गरिएको छ जसले दिनभरी तपाईंलाई चनाखो र उत्साहित बनाउन मद्दत गर्नेछन् ।

ग्रीन टीः यसमा भिटामिन ए, बी, सी र ई हुन्छन् । यसमा एल थेनाइन पनि समावेश हुन्छ जुन एउटा एन्टिअक्सिडेन्ट हो ।

गहुँ: यो भिटामिन ए, सी, ई, बीटा क्याटोरिन, एमिनो एसिड र क्याल्सियमबाट समृद्ध हुन्छ । भिटामिन बी, विशेषरुपमा बी १२, आइरन र म्याग्नेसियम उर्जाको स्तर बढाउनमा आश्चर्यजनक काम गर्छन् ।

केराः यसमा पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम र फस्फोरस समेत इलेक्ट्रोलाइट्स समावेश हुने कारणले थकानसँग लड्न मद्दत मिल्छ ।

पानीः कुनै पनि व्यक्तिले जब उर्जाको कमि महसुस गर्छ, यसको अर्थ हो उसको शरीरमा पानीको मात्रा कम भएको छ । त्यसैले थकानलाई हटाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक छ ।

बदामः यो प्रोटिनले समृद्ध हुन्छ जसले रक्त प्रवाहलाई स्थिर गरिदिन्छ । ओखर र बदाम म्याग्नेसियम र ओमेगा ३ फ्याटी एसिडमा उच्च हुन्छ जसले उर्जाको स्तर बढाउनलाई मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment