Comments Add Comment

रेल विभागले किन किन्दैछ ६५ करोडको गोबर ?

रेल विभागलाई झण्डै ३३ सय ५० ट्रक गोबरको आवश्यकता छ र यसका लागि झण्डै ६५ करोड रुपैयाँ बराबरको रकम खर्च गर्ने तयारीमा छ ।

पहिलो हरफ पढ्दैमा अचम्ममा पर्नुभयो होला । तर नआत्तिनुस् र धैर्य गर्नुस् । यति धेरै गोबर हाम्रो रेल विभागले किन्न लागेको होइन । यो त छिमेकी मुलुक भारतको खबर हो ।

भारतीय रेलवे विभागले यस वर्ष गाईको गोबर खरीदका लागि ४२ करोड भारु खर्च गर्दैछ । ४४ दशमलब ८ प्रतिशत रेलमा जडान गरिएका बायो ट्वाइलेटमा फोहोर गलाउने ब्याक्टेरिया रिचार्ज गर्नका लागि विभागले गाईको गोबर किन्ने भएको हो । यस वर्ष सबै रेलमा बायो ट्वाइलेट जडान गर्ने लक्ष्य विभागको छ ।

बायो ट्वाइलेट भनेको एउटा सानो आकारको ढल प्रशोधन प्रणाली नै हो जुन ट्वाइलेट सिट मुनि हुन्छ । यसमा कम्पोष्ट च्याम्बरमा हुने ब्याक्टेरियाले मानव मलमुत्र विच्छेदन गरी मिथेन र पानीमा टुक्राउँदछ र यसबाट मानव मलमुत्र व्यवस्थापन हुन्छ ।

तर यस्ता बायोट्वाइलेटमा निकै खराबी रहेको र यी चुहिने तथा बिगि्रने समस्या अत्यधिक रहेको लेखापरीक्षकको प्रतिबेदनले देखाएको छ । २५ हजार ट्वाइलेटमा झण्डै २ लाख किसिमका समस्या देखा परेको रिपोर्ट उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment