Comments Add Comment

ट्रम्पद्वारा आप्रवासीबारे अपमानजनक शब्द प्रयोग

२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइटी, एल साल्भाडोर तथा अफि्रकी देशहरुबारे अपमानजनक शब्द प्रयोग गरेका छन् ।

हृवाइट हाउसमा सांसदहरुसँग भएको बैठकमा ट्रम्पले ‘किन काम नलाग्ने देशका मानिसहरुलाई आउन दिनुपर्‍यो ?’ भनेका छन् । उनले ‘हामीलाई किन हाइटीका अरु मानिस चाहियो ? उनीहरुलाई बाहिर निकाल’ समेत भनेका थिए ।

ओभल हाउसमा भएको बैठकमा ट्रम्पले प्रयोग गरेको शब्दले कतिपय सांसदहरु नै चकित परेका थिए ।

यसबारे हृवाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।

वासिङटन पोष्टकाअनुसार ट्रम्पले नर्वे जस्ता देशका मानिसहरुलाई ल्याउनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साताको सुरुमा नर्वेका प्रधानमन्त्रीलाई हृवाइट हाउसमा भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment