बिहीबार, ३ साउन, २०७५
OnlineKhabar.com
Suzuki

उपमेयरलाई नेविसंघको धुलो उपहार ! (फाेटाे फिचर)

Suzuki
अनलाइनखबर

२८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ ।

त्यसअघि धुलो नियन्त्रणको माग गर्दै बागदरवारस्थित महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएको थियो । नेविसंघ काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गरेका उनीहरुले दोहोरो कर अन्त्य गर्न पनि माग गरेका छन् ।

धर्नापछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गएका थिए । तर, उनी बाहिर भएकाले उपमेयरलाई बुझाइएको काठमाडौं अध्यक्ष मनोज बैद्यले जानकारी दिए ।

उनले भने, ‘कलंकी, चत्रपथ, चाबहिल र तीनकुनेमा पार्किङ गरेर राखेको गाडीमा जम्मा भएको धुलो जम्मा पाएर बुझाएका हौं ।’

 

२०७४ पुष २९ गते १:४० मा प्रकाशित (२०७४ पुष २८ गते १९:०३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this