Comments Add Comment

सावधान ! यसरी सताउन सक्छ हड्डीको समस्याले

अत्याधिक व्यायाम, अनिद्रा, अधिक मात्रामा पेय पदार्थको सेवन, लामो समयसम्म एकै ठाउँमा बस्ने बानी लगायतले हड्डीलाई सबैभन्दा बढी असर गर्छ ।

हड्डी खिइने समस्या, जो धेरैको समस्या बनेको छ । यो खराब जीवनशैलीका कारण उत्पन्न हुने समस्या हो ।

त्यसो त विलासी जीवनशैली तथा गलत खानपानका कारण हामी अनेकौ रोगको चपेटामा छौं । त्यसमा हड्डी, जोर्नीको दुखाई पनि एक हो ।

हड्डी सम्बन्धी समस्याका कारण पछिल्लो समय युवा तथा वृद्धवृद्धा बढी प्रभावित भइरहेका छन् । हड्डीकै समस्याका कारण ४० तथा ५० वर्षको उमेरमा वाथ रोग, भास्कुलर नेक्रोसिस लगायतको समस्या देखिने गर्छ ।

हड्डी सम्बन्धि उपचार गर्ने चिकित्सकहरुका अनुसार गलत खानपान, विलासी जीवनशैली तथा अव्यवस्थित जीवनचर्याका कारण पनि हड्डी तथा जोर्नी सम्बन्धि समस्याबाट पिडित हुने गरेका छन् । जबकी सही खानपान तथा व्यवस्थित जीवनशैली मात्रले पनि यस्ता समस्या हुनबाट शरीरलाई बचाउन सकिन्छ ।

अत्याधिक व्यायाम

कतिपय युवाहरुले कम समयमै आफ्नो तौल घटाउने वहानामा आवश्यक्ता भन्दा बढी व्यायाम गरिरहेका हुन्छन् । आवश्यक्ता भन्दा बढी व्यायाम गर्नाले जोर्नीहरु दुख्नुका साथै हड्डीलाई कमजोर बनाउँछ । जसले गर्दा भविष्यमा वाथ रो, आर्थराइटिसको समस्या निम्तने गर्दछ ।

अनिद्रा

ढिलासम्म काम गर्ने वा राती अवेर सुत्ने मानिसको लागि निद्राले खासै महत्व राख्दैन । तर अनिद्रा वा कम निद्राका कारण जोर्नीहरु दुख्ने गर्छ । सामान्यतया, गहिरो निद्राल शरीरका दुखाई कम हुनुका साथै शरीरका सुजन कम हुने गर्छ ।

यसले शरीरलाई आराम प्रदान गर्नुका साथै हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । तर आठ भन्दा कम समयको निद्रँले शरीरमा आलस्यता जगाउनुका साथै जोर्नीहरुको दुखाई बढाउने गर्छ । त्यसैले, आजैदेखि कम समय सुत्ने बानीको त्याग गरौ र स्वस्थ जीवनशैली अपनाऔ ।

मदिरापान तथा अन्य पेय पदार्थको सेवन

अत्याधिक मदिरापान, पेय पदार्थ, जंकफुड लगायतको सेवनले हड्डीलाई खाक्रो बनाइरहेको हुन्छ । जसले गर्दा हड्डी भाचिने वा टुट्ने समस्या धेरै हुने गर्छ । हड्डीलाई बलियो बनाउन यस्ता पेय पदार्थको परित्याग गरी क्यालिसयम तथा भिटामिन डी युक्त यस्ता खानेकुरा खानुपर्छ ।

लामो समयसम्म एकै ठाउँमा बस्ने बानी

लामो समयको यात्रा वा लामो समयसम्म एउटै आसनमा बसेर काम गर्नाले रक्तसञ्चारमा अवरोध सिर्जना हुन्छ, जसले शरीरमा पिडा हुनुका साथै हड्डीलाई कडा बनाउँछ । कार्यको क्रममा केही मिनेटको ब्रेकले शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुनुका साथै हड्डी स्वस्थ रहन्छ ।

प्रोटिनयुक्त खानेकुराको सेवन

कतिपय मानिसहरुले प्रोटिनको नाममा अण्डा वा मासुको सट्टामा प्रोटिन सप्लीमेन्ट सेवन गर्न बढी रुचाउने गर्छन् । यस्ता सप्लिमेन्टले केही समयको लागि शरीरलाई आर्कषक देखाउन मद्दत त गर्छ । तर लामो समयसम्म यस्ता सप्लिमेन्टको सेवनले नशाहरुलाई खुम्च्याउँछ, जसले हड्डीका कोषिकाहरुमा रक्तसञ्चार गर्छ । परिणामस्वरुप अभास्कुलर नेक्रोसिस हुने गर्छ ।

अर्थात, हड्डीको कोषिकालाई नष्ट गरी जोर्नीमा समस्या पैदा गर्छ । त्यस्तो अवस्थामा हिपको जार्नी नै नष्ट भई हिप प्लिेसमेन्ट नै गर्नु पर्ने अवस्था आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment