Comments Add Comment

भारतको भन्दा चीनबाट जोडिएको इन्टरनेटको गति तीव्र !


२८ पुस, काठमाडौं । नेपाल शुक्रबारबाट औपचारिक रुपमै चीनको इन्टरनेट सञ्जालमा आवद्ध भएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले क्रसबोर्डर अप्टिकल लिंकको उद्घाटन गरेका हुन् । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल व्यवसायिक रुपमै ब्यान्डविथ किनेको छ ।

योसँगै इन्टरनेट ब्यान्डविथमा भारतीय एकाधिकार तोडिएको छ । टेलिकमले सुरुवातमा चीनबाट १ दशमलब ५ जीबीपीएस ब्यान्डविथ खरिदको व्यवसायिक सम्झौता गरेको छ ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार स्थलमार्गबाट हङकङस्थित सर्भरबाट नेपालमा व्यान्डवीथ कनेक्सन भएको हो । केरुङबाट रसुवागढी हुँदै अप्टिकल फाइबर जोडिएको हो ।

अहिले सम्म नेपालमा भारतीय कम्पनीको इन्टरनेट ब्यान्डविथमा मात्रै निर्भर थियो । टेलिकमले अहिले झडै २५ जीबीपीएको इन्टरनेट ब्याण्डविथ भारतबाट ल्याइएको छ । भारतीय इन्टरनेभन्दा चीनबाट ल्याएको इन्टरनेटको गति तीव्र रहेको दावी टेलिकमका अधिकारीहरुको छ ।

भारतसँगको भन्दा कनेक्सनको दूरी छोटो भएकाले चिनियाँ इन्टरनेट द्रुत गतिमा चल्ने उनीहरुको तर्क छ । तर, चीनको ब्याण्डविथ परिमाण थोरै भएकाले प्रयोगतकर्ताले त्यसको लाभ भने उठाउन सक्ने अवस्था छैन ।

अब योसँगै चीनबाट थप इन्टरनेट ब्यनण्डविथ किन्न नेपाललाई सहज हुनेछ । निजी सेवा प्रदायकले पनि टेलिकमकै पूर्वाधार भाडामा लिएर इन्टरनेट किन्न सक्छन् ।

चीनबाट नेपालमा इन्टरनेट ल्याउन १५ वर्ष अघि नै प्रयास थालिएको थियो । सन् २००३ मा तत्कालीन सरकारले अरनिको राजमार्ग भएर चीनबाट ब्यान्डविथ किन्ने सम्झौता गरेको थियो ।

२००८ मै सम्झौताअनुसार अरनिको राजमार्गमा १५५ किलोमिटर फाइबर पनि बिछ्याइयो । तर, इन्टरनेट भने आएन । सन् २०११ मा पुनः केरुङ नाबाबाटै इन्टरनेट सञ्जाल लोड्ने समझदारी भएको थियो । त्यसैअनुसार चीनबाट नेपालमा अहिले इन्टरनेट आउन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment