Comments Add Comment

चेम्बर अफ कमर्स महासंघमा रुपान्तरित, चुनियो नयाँ कार्यसमिति

संघीय संरचनाअनुसारको नयाँ निर्वाचन


२८ पुस काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ नै निर्वाचित भएका छन् ।

चेम्बरले नयाँ कार्यसमिति संघीय संरचना अनुसारको बनाएको छ । साथै यसले नयाँ कार्यसमितिमा विभिन्न क्षेत्रको प्रतिधित्व समेत गराएको छ ।

चेम्बरको ६७औं वाषिर्क साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि उद्योग र बाणिज्य क्षेत्रका व्यवसायीले मात्रै यसमा प्रतिनिधित्व गर्दथे । तर अब भने यसले प्रदेश, जिल्ला नगर, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समेटेको छ ।

हालै वाणिज्य तर्फबाट उपाध्यक्ष निर्वाचित भएका कमलेशकुमार अग्रवालका अनुसार गत पुष १३ गतेको मन्त्रीपरिषद्को बैठकले यसलाई महासंघमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

साथै यसअघि उद्योग बाािण्ज्य महासंघमा रहेका भाष्करराज राजकणिर्कार पनि चेम्बरमा आवद्ध भएका छन् । अग्रवालका अनुसार बिशिष्ट मानार्थ उपाध्यक्षको रुपमा चेम्बरमा आएका छन् ।

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्ऽ मल्ल चुनिएका छन् । त्यस्तै उद्योगबाट महेन्ऽमान श्रेष्ठ, जिल्ला, नगरबाट दीपककुमार मल्होत्रा वस्तुगतबाट इच्छाराज तामाङ र नरेश श्रेष्ठ उपाध्यक्ष संस्थागतबाट निर्वाचित भएका छन् ।

अग्रवालका अनुसार नयाँ कार्यसमिति सदस्यमा उद्योगबाट ८, सात प्रदेशबाट ७, जिल्ला नगरबाट १५, बस्तुगतबाट ८, संस्थागतबाट ३, आवद्धबाट २ मनोनितबाट ३ र निवर्तमान अध्यक्ष पदेन सदस्य रहनेसहित ६३ सदस्यीय कार्यसमिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment