Comments Add Comment

राजविराज नगरपालिकाको बजेट झण्डै ५९ करोड

राजविराज नगरपालिकाले झण्डै ५९ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको पहिलो नगर सभामा आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ५८ करोड ९१ लाख ६७ हजार ५९ को बजेट प्रस्तुत गरिएको हो ।

बजेट प्रस्तुत गर्दै नगरपालिका प्रमुख शम्भु यादवले नगरको विकास गर्न कम्मर कसेर अघि बढ्ने बताए ।

नगर सभालाई शुक्रबार सम्बोधन गर्दै संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले भेदभाव र असमानताको लडाइँलाई जारी राख्दै गरिवी, अभाव र बेरोजगारीसँग पनि लड्नुपर्ने बताए ।

सप्तरी विकासमा धेरै पछाडि रहेको हेरेरै आफू यहाँको विकास गर्न चुनाव लडेको बताउँदै उनले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरेमा सप्तरी पनि सुनसरी र चितवनजस्तै अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह र मनिष सुमनले विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।

राजविराज नगरपालिकाले नगरभित्र सरसफाई अभियान चलानएकोमा सप्तरी युथ नेपाललाई पुरस्कृत गरेको छ ।रु २१ हजार नगदसहित सप्तरी युथ नेपाललाई पुरस्कृत गरिएको हो ।

यसैगरी नगरभित्रका ६ जना शहीद परिवारलाई ११ हजारका दरले सहयोग गर्दै सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment