शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

सरकार र अनसनरत डा. गोविन्द केसीबीच सहमति, आज अनसन तोडिने

अनलाइनखबर

२९ पुस, काठमाडौं । सरकार र अनसनरत प्रा.डा. गोविन्द केसीबीच शुक्रबार राति ११ बजे सहमति भएको छ । सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे  पत्रमा हस्ताक्षर गर्दै सहमति गरेका हुन् ।

केसीको अनसन भने आज तोडिने छ ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।

सर्वोच्च अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न अादेश दिएलगत्तै प्रा.डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए । तर, अदालतले उनीमाथि अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । तर, केसी अदालतकै आदेशमा तारेखमा छुटेका थिए ।

रिहापछि  पुनः अनसनलाई निरन्तरता दिएका केसी र सरकारबीच शुक्रबार राति सहमति बनेको हो । सहमतिसँगै तत्कालका लागि यो विषय साम्य हुने अपेक्षा गरिएकाे छ ।

२०७४ पुष २९ गते ७:१७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Bhim Subedi लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते ८:००

    देखाउने दाँत र चपाउने दाँतमा फरक हुदो रहेछ प्रष्ट भयो ।
    हात्ति आयो……………. हात्ति आयो ……….. फुस्sssसा । फुल्दै गरेको बेलुन पनि फुट्….यो ……ooooo

    6
    0
    Share

  • Man Bir Nepali लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:१९

    It saves Dr. K.C.’s life. Thank you GoN Nepal and Health Minister.
    Man Bir Nepali
    Surkhet.

    0
    0
    Share

  • Madan Dhami लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:३५

    अनसनरत प्रा.डा. गोविन्द केसीको मुख्य माग मध्ये प्रधानन्याधीष ज्यूको राजीनामा पनि थियो तर शुक्रबार राति ११ बजे सरकार र केसी वीच भएको ५ बुदे सहमतिमा त्यो कुरा उल्लेख नहुनु रहस्यमय भएन र ? यसले आमजनमानसमा केही भ्रम सिर्जना भएको छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this