आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष

Suzuki


२९ पुस, काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) काे अध्यक्षमा सिएन पाण्डे झिनाे मतान्तरले विजयी भएका छन् ।

नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनमा पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गरेका हुन् ।

कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गरे । चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् ।

२०७४ पुष २९ गते ९:३९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this