Comments Add Comment

साउदीको जेलबाट कहिले घर फर्केलान् थानेश्वर ?

कुन देशबाट कति जुट्यो सहयोग ?

२९ पुस, युएई । साउदीको जेलमा रहेका नवलपरासी मध्यबिन्दुका थानेश्वर भुसालले तिनुपर्ने ब्लडमनीका लागि युएईबाट ५ लाख ७६ हजार ७ सय ७३ रुपैयाँ आर्थिक सहयोग जम्मा भएको छ ।

भुसालको उद्धारका लागि युएईमा चलाईएको सहयोग अभियानअन्र्तगत तीन चरण गरेर उक्त रकम प्रवासी नेपाली समन्वय समिति -पीएनसीसी)को खातामा जम्मा गरिएको नवलपरासी सेवा समाज यूएईका अध्यक्ष तथा भुसाल बचाऊ अभियान युएईका संयोजक भीम हमालले अनलाइनखबरलाई जानकारी दिए ।

यस अघि दुई चरणमा ४ लाख ७१ हजार ५ सय ९८ रुपैयाँ युएईका सामाजिक संस्थाहरु र व्याक्तिगत रुपमा प्राप्त सहयोगहरु संकलन गर्दै जम्मा गरिएको थियो । यसै अन्र्तगत पुस २७ मा तेस्रो चरणमा संकलित १ लाख ५ हजार १ सय ७५ रुपैयाँ खातामा जम्मा गरिएको हो ।

भुसालको ब्लडमनी तिर्नका लागि आवश्यक रकम जुटाउने क्रममा तेस्रो चरणमा मितेरी समाज, स्याङ्जा सहयोग समाजले संस्थागत सहकार्य गरेका छन् भने यस क्रममा युएईबाट व्याक्तिगत रुपमा पनि उल्लेख्य सहयोग संकलन भएको छ ।

यसै चरणमा युएईको फुजेरा एरियाका नव व्यवसायी सेर सुनारले आफ्नो जन्मदिनको पार्टीमा घोषणा गरेको रकमका अतिरिक्त फुजेरा एनआरएन, व्यवसायीहरु तथा अन्य सहयोगी दाताहरुबाट संकलित रकम पनि समावेश भएको छ ।

तेस्रो चरणमा युएईका करिब ४५ जनाबाट रकम संकलन गर्दा ३ हजार आठ सय एक -करिब १ लाख हजार रुपैयाँ जम्मा भएको हो ।

युएईबाट क-कसले अभियानमा दिए साथ ?

अभियानका उपसंयोजक राज भण्डारीले बताएअनुसार यस अभियानमा पहिलो चरणमा नेपाली समाज युएई, विश्व सहयोग संघ, लुम्बिनी बैदेशिक लगानी कोष, कर्मभूमि बचत समूह, सगरमाथा बचत समूह, अन्तर्राष्ट्रिय महिला समूह, नेपाल कला संस्कृतिक मञ्च, मिलिजुली बचत समूह लगायतका सामाजिक तथा सहकारी संस्थाहरुले रकम संकलनमा साथ दिएका छन् ।

त्यसरी नै पहिलो चरणमा गत २८ डिसेम्बरमा पठाइएको रकममा लुम्बिनी वेल्फेयर सोसाइटी, रुपन्देही सेवा समाज, पाल्पा समाज, नेपाली समुदाय युएई, नेपाली सहयोगी हातहरु, रुपन्देही सेवा समान, पर्वत सेवा समाजले सहयोग गरेको अभियन्ता मणि भुर्तेलले जानकारी दिएका छन् ।

पहिलो चरणमा पठाइएको रकममा व्यक्तिगत रुपमा मणि भुर्तेल, सीता घिमिरे, भीम हमाल, राजु भुसाल, महेन्द्र पौडेल -नेपालीको सगरमाथा रेस्टुरेन्ट)ले सहयोग गरेको पत्रकार चिरन न्यौपानेले बताएका छन् ।

थानेश्वर बचाउ अभियानअन्तर्गत दोस्रो चरणमा झापाली समाजमा आबद्ध करिब २५ जना पदाधिकारीबाट पत्रकार डिल्ली हुमागाईको संयोजनमा संकलित रकमका अत्तिरिक्त दाङ देउखुरी समाज, ताप्लेजुङ समाजसेवा, जनसम्पर्क समिति, धादिङ सेवा समाजबाट संकलित रकम सहयोग स्वरुप रहेको थानेश्वर बचाउ अभियान युएईका अभियन्ताहरुले जानकारी दिएका छन् ।

यस चरणमा व्यक्तिगत रुपमा अर्जुन बोहोरा, सञ्जय काफ्ले, जितु ठकुरी, सुवास सिलवाल, राज ढकाल, सिर्जना खनाल, जगदीश ढकाल, आरती वाग्ले, चिरन न्यौपाने र लोकेन्द्रबहादुर बलले आर्थिक सहयोगका अतिरिक्त अभियानमा रकम संकलनमा संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

कुन देशबाट कति रकम ?


थानेश्वरको मुक्तिका लागि सबैभन्दा धेरै साउदी अबरबाट १८ लाख ३१ हजार ८ सय २० रुपैयाँ जम्मा भएको छ । यसमा नवलपरासी प्रवासी मञ्चको सक्रियतामा ७ लाख ५२ हजार ८ सय २० रुपैयाँ संकलन भएको छ ।

यो रकम संकलन गर्न मञ्चका अध्यक्ष वीरेन्द्रकुमार चौधरी, उपाध्यक्ष प्रेम भण्डारी, कोषाध्यक्ष टोपबहादुर कार्की, सदस्य पदम महत लगायत मञ्चका पदाधिकारीहरुको योगदान रहेको छ । साथै यस अभियानमा सहयोगी सामाजिक संस्थाहरुमा प्रवासी सेवा समिति दमाम, रेसुङ्गा प्रवासी सम्पर्क मञ्च, प्रवासी संघर्षशील समाज अलहसा लगायत विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुको सहयोग मिलेको यस अभियानका अभियन्ता तथा पीएनसीसीका प्रतिनिधि अन्जन पोखरेलले जानकारी दिएका छन् ।
थानेश्वरको सहयोग संकनल गर्न बनेको जैद्धाको उपसमितिमा दिनेशकुमार सुनुवार, नवराज घिसिङ लगायतका विभिन्न संस्थामा आबद्ध २२ जना पदेन सदस्यका रुपमा सक्रियतापूर्वक खटेको उक्त समितिका सदस्य सचिव समेत रहेका पोखरेलले बताएका छन् ।

सबैभन्दा अग्रणी जेद्धा एरियाका नेपाली

थानेश्वर जेल परेको जैद्धा एरियाबाट पनि उल्लेख्य सहयोग संकलन भएको छ । यस क्षेत्रमा रहेका नेपाली संस्थाहरुको सहकार्यमा विभिन्न चरण गरेर १० लाख ७८ हजार ८ सय ८४ रुपैयाँ पीएनसीसीको खातामा जम्मा गरेको अभियन्ता पूर्ण कार्कीले बताए ।

कार्कीको संयोजनमा जैद्धा क्षेत्रमा क्रियाशील नेपाली संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ, एनआरएन, प्रवासी नेपाली मञ्च, नेपाली सेवा समाज, नेपाली युवा क्लब, तमु धी, नेपाल तामाङ घेदुङ, साउदी, नेपाली सेवा समिति यान्बु लगायतले रकम संकलनमा सहयोग गरेको सहयोग संकलन समितिका सदस्य भीम गुरुङले जानकारी थिएका छन् ।

कतारबाट पनि राम्रो सहयोग

यस विपत्तिमा सहयोग गर्न कतारमा रहेका नेपालीहरुबाट पनि उल्लेख्य सहयोग संकलन भएको छ । मध्यबिन्दुकै युवराज पाठकको संयोजनमा १ लाख ६१ हृजार ८ सय २० रुपैयाँ संकलन भएको छ । यस अभियानमा अभियन्ताको रुपमा चन्द्रलाल भुसाल, ज्ञानप्रसाद गैरे, मित्रलाल भुर्तेल, विष्णु के जिसी, मेघराज पाठक, ईश्वरी पाठक र हरि चौधरी आठ जना रहेका छन् ।

कोरियाबाट २ लाख सहयोग

दक्षिण कोरियाबाट मध्मविन्दु- ७ र ३ का सुनील थापा, शिव केसी, हेम पाठक, सागर पोखरेल र ईश्वर भुसाल मिलेर कोरियाबाट २ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसरी नै नवलपरासी कोरिया मञ्चका अध्यक्ष आरपी देवकोटाले पनि यो अभियानलाई सहयोग गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
त्यसरी नै कुवेतबाट पनि मध्यबिन्दु एरियाका हरि न्यौपाने, राम मल्ल, हुमना महतो, केरसिंह बोहोरा र प्रकाश महतो मिलेर १६ हजार ५सय ५० रुपैयाँ पीएनसीसीको खातामा थानेश्वरको ब्लडमनी तिर्नका लागि जम्मा भएको छ ।

अस्ट्रेलिया, ओमन र बहराइन पनि जोडिए

यसअघि नै मध्यबिन्दु नगरपालिका स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका रामबहादुर क्षेत्रीले व्याक्तिगतरुपमा १० हजार रुयैयाँ पीएनसीसीको खातामा थानेश्वरको ब्लडमनी तिर्नका लागि सहयोग गरिसकेका छन् । त्यस्तै ओमनमा कार्यरत मध्यबिन्दुका राज ढकाल र जगदिश ढकालले पनि व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग जम्मा गरेका छन् । साथै नवलपरासीबाट रोजगारीका लागि बहराइ पुगेका नवराज लामिछानेको पहलमा यस अभियानमा ४१ हजार रकम संकलन भएको छ ।

सबैको नजर गैरआवासीय नेपाली संघतर्फ

यो अभियानलाई विश्वभरिबाट थोरैथोरै भए पनि सहयोग जुटेको छ भने अब सबैको नजर गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितितर्फ सोझिएको छ । संघले यस अभियानमा १२ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरिसकेको छ । यो निणर्ायक रकम पनि हो ।

थानेश्वरको मुक्तिका लागि रकम संकलनको अख्तियारी पाएको समितिले गैर आवासीय नेपाली संघलाई रकम उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।

संघले पनि माघ ५ भित्रमा उक्त रकम हस्तान्तरण हुने वचन दिएको संघका मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले जानकारी दिएका छन् ।

यससँगै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबले २ लाख ५० हजार रुपैयाँ र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाले ५० हजार रुपैयाँ सहयोग गर्ने बताइएको छ । सिएनसीसीले आवश्यक रकम नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूताबास साउदी हुँदै सम्बन्धित निकायमा पुर्‍याउन पहल थालेको सीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन् ।

यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा ३ महिना लाग्न सक्ने अनुमान गरिएको छ । पीएनसीसीको खातामा स्वदेशी र विदेशी सहयोग जम्मा गर्दा पनि ब्लडमनीका लागि आवश्यक रकम १ लाख ५० हजार साउदी रियल (करिब ४३ लाख रुपैयाँ) एकीकृत भएको छैन ।

एनआरएनले प्रतिवद्धता गरेको रकम जम्मा गर्दा मात्र आवश्यक रकम पुग्ने देखिन्छ । यही विश्वासका साथ पीएनसीसीले पनि एनआरएनको बाटो हेर्दै बसेको अवस्था छ । यो समाचार तयार पार्दासम्म भुसालको ब्लडमनीका लागि ३१ लाख ९६ हजार २ सय ८१ रुपैयाँ सिएनसीसीको खातामा जम्मा भएको छ । यो रकममा पीएनसीसीले सुरुमा १० हजारको सीडमनीदेखि नेपालका विभिन्न व्याक्ति तथा संस्थाहरुले प्रदान गरेको सहयोग पनि समावेश छ ।

पीएनसीसीले सहयोग संकलन अभियान बन्द गरिसकेको छ । एनआरएन प्रतिवद्धता गरिएको रकम हस्तान्तरणका लागि उपयुक्त दिन कुरिरहेको छ । नवलपरासीमा पीडित भुसाल परिवार छोरा कहिले घर फर्केला भनी कुरेर बसेका छन् ।

यस अभियानमा सहयोग गर्ने दाताहरु लगायत विश्वभरिका शुभेच्छुक नेपालीहरु थानेश्वरको मुक्तिको खबर सुन्न आतुर छन् । सबैको एउटै छ प्रश्न- कहिले घर फर्केलान् थानेश्वर भुसाल ?

समिति विघटन, सबै दाताहरुलाई धन्यवाद

तेस्रो चरणको रकम पठाएसँगै युएईमा थानेश्वर बचाऊ अभियान युएई विघटन गरिएको छ । थानेश्वरको ब्लडमनी तिर्न आवश्यक रकम पुग्ने विश्वासका साथ अभियानको अन्त्य गरिएको हो । यस अभियानको मूल समिति पीएनसीसीले गत जनवरी ४ मा प्रतिवद्धता गरिएका रकम जम्मा गर्न आग्रह गर्दै थानेश्वरका नाममा थप सहयोग संकलन नगर्न पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । यस अभियानमा सहयोग गर्ने सबै चन्दादाता, सामाजिक संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सबै शुभेच्छुकहरुलाई नवलपरासी सेवा समाजको तर्फबाट एक विज्ञप्तिमार्फत धन्यवाद प्रदान गरिएको छ ।

थानेश्वरको मुक्तिका लागि सहयोग जुटाउन सकारात्क वातावरण तयार पारेको भन्दै थानेश्वर बचाउ अभियानका युएई संयोजक भीम हमालले अनलाइखबरलाई विशेष धन्यवाद दिएका छन् । युएई लगायत यी सबै देशहरुबाट करिब ९ लाख ५५ हजार १ सय ४३ रुपैयाँ संकलन भएको अभियानका संयोजक हमालले बताएका छन् ।

चार महिनाअघिदेखि चलेको अभियानलाई युएईका क्रियाशील नवलपरासी सेवा समाजले साथ दिनका लागि कम्मर कसेपछि सहयोगको रकम संकलन गर्न, संकलित दाताहरुलाई प्रोत्साहित गर्न, प्रतिबद्धता गरेका व्यक्ति तथा संस्थाहरुसँग समन्वय गर्न, युएईका संघसंस्थाहरुबीचको एकता, सहयोग र सहकार्यलाई निरन्तरता दिन सकारात्मक रिपोर्टिङ गर्न अनलाईनखबरका युएई प्रतिनिधिले निर्वाह गरेको भूमिकाको कारण अभियानले गति लिएको मूल्यांकन गर्दै अनलाइनखबरलाई विशेष धन्यवाद प्रकट गरेको संयोजक हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment