शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

युवालाई खाडी जान रोकेर देश विकासमा लगाऔं: डा. कोइराला

अनलाइनखबर


२९ पुस, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले युवा विदेशतर्फ जानुभन्दा स्वदेशमै सिर्जनात्मक कार्य गर्नुपर्ने र सरकारले तिनलाई उद्यमशीलमुखी कार्यक्रममा जोड्नुपर्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुुक जानबाट रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताए ।

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा बेरोजगारी समस्या बढेको बताउँदै सरकारले नीतिगत रुपमा शिक्षा प्रणालीलाई परिवर्तन गर्नुको विकल्प नभएको बताए ।

हरियाली संस्था र वातावरण जनजागरण विकास मञ्चको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा ‘समाज परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाभरिका करीब १०० युवाको सहभागिता छ ।

दिगो समृद्ध समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि युवालाई उत्तरदायी गराई समाजका हरेक कार्यमा युवालाई संलग्न गराउनका लागिसम्मेलनले टेवा पुर्याउने आयोजकले जनाएको छ ।

२०७४ पुष २९ गते १२:२७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • ralsh लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १२:४०

    हस सरकार

    3
    0
    Share

  • बिश्व सिग्देल लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १३:१४

    पच्चिसबर्ष सत्तामा बस्दा थानकोट कलंकी१३ किमि बाटो बनाउन नसक्नेले ठुला गफ नगरौं । कांग्रेसको हुती देखिसकियो ।

    9
    3
    Share

  • Binod Chaulagain लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १४:०६

    Khadi Bata Poisa Na aaye Deah ka sabai Bank Banda Hunxan Dalal Bank Harule Bahira Bata Samana Liune Improter Lai Kaha Bata Poisa Lyara Dinxan Ta

    Desh Dubaune Ta Bank ho Teslai Saman Import Garne Improter Lai Loan Dina Banda Gar Van Janta Afai Khadi Jana Xodxan.

    0
    0
    Share

  • Anton लेख्नुहुन्छ    |   २०७४ पुष ३० गते ६:१७

    Dissolve Congress and join Bibeksheel why not?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this