Comments Add Comment

८ क्विन्टल औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट पुगे शक्ति बस्नेत


२९ पुस, काठमाडौं । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएकाे भाइरल नियन्त्रणमा अाउन सकेकाे छैन । भाइरलका कारण अहिलेसम्म १३ जनाकाे ज्यान गइसकेकाे छ भने कैयन संक्रमित छन् ।

प्रकाेप नियन्त्रणमा नअाइरहेका बेला शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितकाे  टाेली  वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका छन् ।

जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।

यसैबीच, जाजरकाेटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment