Comments Add Comment

शाहरुखकी छोरीले बुबाबाट केही सिकेकै हुन् त ?

बलिउड बादशाह शाहरुख खानले हालै पत्रकार भेटघाटमा भनेका थिए, ‘म श्रम नगरी रहन सक्दिन । एक दिन श्रम नगर्दा मलाई छटपटी हुन्छ । मैले आफ्ना बच्चाहरुलाई पनि श्रमको महत्व बुझाएको छु । उनीहरुलाई श्रम गर्न प्रेरित गरेको छु ।’

उनको भनाईसँग मेल खाने तस्वीर हालै भाइरल भएको छ । तस्वीर छोरी सुहानाको हो । त्यसो त सुहाना आफ्नो ग्ल्यामर स्टाइलको कारण सधै चर्चामा रहने गर्छिन् । केही समयअघि उनको क्लासरुमको भिडियो भाइरल भएको थियो । सुहाना लन्डनमा पढ्दैछिन् ।

यसपालीे सुहाना नुडल्स पकाउँदै गरेको तस्वीर बाहिर आएको छ । बलिउड बादशाहकी छोरीको यो तस्वीरबाट के छनक मिल्छ भने, उनी पाक कलामा रुची राख्छिन् । जाँगर पनि चलाउँछिन् । सायद बुवाबाटै श्रम गर्नुपर्छ भन्ने बुझेर हो कि ?

त्यसो त स्टार किड्समा सुहानाको एकदमै राम्रो फ्यान फलोइङ छन् । पछिल्लो समय उनको तस्विरले शोसल मिडियामा तहल्का मच्याउने गरेको छ । त्यती मात्र होइन, आफ्नो फेसन र ड्रेसिङ सेन्सको कारण पनि उनको चर्चा हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment