Comments Add Comment

रिंगरोडभित्र हरियो स्टिकर नटाँस्ने सवारीको प्रवेश रोक्ने तयारी


२९ पुस, काठमाडौं । सरकारले निकट भविष्यमै काठमाडौंको चक्रपथभित्र प्रदुषण जाँच पास गरी हरियो स्टिकर नटाँसिएका गाडीको प्रवेश रोक्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले थप प्रदुषण जाँच्ने यन्त्र ल्याएपछि केही समयभित्रै यस्तो निषेधित क्षेत्र बढाउने तयारी गरेको हो ।

सरकारले सिंहदरबार आसपास, पुतलीसडक, ठमेलको त्रिदेवीमार्ग, दरबारमार्ग, विमानस्थल, न्युरोड र दरबार स्क्वायर क्षेत्रमा हरियो स्टिकर नटाँसेका सवारीलाई निषेध गरेको छ । तर, त्यसको कार्यान्वयन फितलो छ । अब यसलाई विस्तार गर्ने योजना बनेको छ ।

प्रदुषण जाँच सरकारसँग तीन वटा मात्रै मेसिन छ । अब भने ४० वटा मेसिन किन्न टेण्डर गरिएको विभागका निर्देशक प्रेमकुमार सिंह बताउँछन् ।

उनकाअनुसार पहिलो चरणमा रिंगरोडभित्र हरियो स्टिकर नलागाई आउने सवारीलाई रोकिने छ भने त्यसपछि दोस्रो चरणमा उपत्यकाभित्र नै यो नियम लगाइनेछ । तेस्रो चरणमा भने देशभर नै हरियो स्टिकरको प्रावधान लागू हुने विभागले जनाएको छ ।

सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् ।

विभागले पनि सवारीको प्रदुषण जाँचमा हेलचेक्र्याइँ गर्दै आएको छ । निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६-६ महिनामा प्रदुषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ ।

जाँचका क्रममा प्रदूषित धुवाँ फाल्ने ठहर भएका गाडीमा पनि तत्कालै रातो स्टिकर टाँस्ने व्यवस्था छैन । कानुनी व्यवस्थाअनुसार प्रदुषण गर्ने सवारी साधनले वर्कसपसम्म मात्र गुड्न पाउँछन् । तर, सडकभरि छ्याप्छ्याप्ति भेटिएका छन्, त्यस्ता गाडी ।

मेसिनसहित सडकमै गएर जाँच गर्दा अधिकांश सवारीले बेलैमा इन्जिन मर्मत नगर्ने गरेको भेटिएको छ । सोही कारण सवारीले अत्यधिक विषालु धुवाँ फाल्ने गरेको महानगर ट्राफिक प्रहरी महाशाखाका डीएसपी मधुसुदन सिलवाल बताउँछन् ।

कात्तिक पहिलो सातादेखि प्रदुषण जाँच अभियानको प्रतिवेदनबाट काठमाडौंमा प्रदुषण मौलाउनुको प्रमुख कारण दुषित धुवाँ फाल्ने सवारी रहेको पुष्टी भएको छ । आकस्मिक जाँच गरिएका अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल हुने गरेका छन् ।

सडकको दूरावस्थाका कारण उडेको धुलोलाई प्रमुख कारण भनिए पनि वर्षाकै समयमा पनि वायु प्रदुषणको दर उच्च देखिन्छ । त्यसैले सवारी साधनले फाल्ने अत्यधिक प्रदुषित धुवाँ मानव स्वास्थ्यका लागि जोखिमयुक्त पाइएकाले नियन्त्रण आवश्यक भएको ट्राफिक प्रहरीको भनाइ छ ।

जाँचका क्रममा प्रदूषित धुवाँ फाल्ने ठहर भएका गाडीमा पनि तत्कालै रातो स्टिकर टाँस्ने व्यवस्था छैन । कानुनी व्यवस्थाअनुसार प्रदुषण गर्ने सवारी साधनले वर्कसपसम्म मात्र गुड्न पाउँछन् ।

प्रदुषण जाँचमा फेल भएका सवारीलाई यातायात व्यवस्था विभागले नियमअनुसार थोरै जरिवाना गर्ने गरेको छ । र, तुरुन्त ममर्त गरेर सञ्चालन गर्न निर्देशन दिँदै छाडिदिन्छ ।

तर, त्यसको अनुगमन नहुँदा सडकमा प्रदुषित धुवाँ फाल्ने गाडीको बोलवाला छ । विशेषगरी सार्वजनिक यातायातमा बढी समस्या देखिएको छ । थुप्रै सरकारी गाडी पनि मापदण्ड पूरा गर्न असफल भएका छन् । निजी सवारी पनि यो मामिलामा कम दोषी छैनन् ।

अहिले दुईपांग्रे सवारीको प्रदुषण जाँच हुँदैन । अब ४० वटा नयाँ मेसिन आएपछि देशभरका यातायात कार्यालयमा  प्रदुषण जाँच्ने संयन्त्र राख्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment