Comments Add Comment

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

२९ पुस, पोखरा । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलार्इ क्रमशः ७० हजार, ४५ हजार र ३० हजार नगद दिइनेछ ।

त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ ।पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौड, ४०० मिटर ह्विल चियर पुरुष तथा महिला र १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न १७ लाख ३९ हजार खर्च लाग्ने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment