Comments Add Comment

कुहिरे भीरबाट ढुंगा खस्यो, सिद्धार्थ राजमार्ग अबरुद्ध

२९ पुस, बुटवल । सडकमा ढुंगा खसेर बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध भएको छ ।

पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथि पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

मानवीय क्षति भने भएको छैन । सडक खाली भएको अबस्थामा ढुंगा खसकाले ठूलो क्षति हुन नपाएको हो ।

कुहिरे भीरमा अडि्कएको ढुंगो खस्दा सडक पूर्ण रुपमा ठप्प बनेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । अहिले सवारी र यात्रुहरुको आवाज जावत पनि ठप्प छ ।

अहिले सडक खुलाउने प्रयास भरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक निकै सांघुरो भएकालेढुंगा नपन्छाएसम्म सडकमा सवारी संचालन गर्न सकिने अबस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment