Comments Add Comment

कांग्रेस सरकार नछाड्ने र वामपन्थी फुटाउने खेलमाः नेम्वाङ

२९ पुस, काठमाडौं । एमाले नेता सुवासचन्द्र नेम्वाङ्गले कांग्र्रेसमाथि सरकार सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए ।

नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाडि्दनँ भन्नुभयो । अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुनसक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनिबन्नसक्छ भन्नुभयो ।’

अघि भने, यो भनेको पारी चितुवा करायो, बारी सिगारी हरायो भयो कि भएन ? उहाँहरु सरकार हस्तान्तरण नगर्ने र बाम गठबन्धन टुटाउनेतर्फ लागेको त होइन ?’

दोलखाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए ।

एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि थप कार्यदल बन्ने र पार्टी एकता हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment