Comments Add Comment

जिल्ला फुट्वल संघ ताप्लेजुङमा बालकुमार साँवा

२९ पुस, ताप्लेजुङ । जिल्ला फुटबल संघ ताप्लेजुङको अध्यक्षमा बालकुमार साँवा निर्वाचित भएका छन् । संघको दोस्रो जिल्ला अविधेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मोतिकुमार पतंवालाई तीन मत अन्तरले पराजित गर्दै साँवा अध्यक्षमा निर्वाचित भएका हुन् ।

आकांक्षी धेरै भएपछि अध्यक्षसहित तीन उपाध्यक्ष र नौ सदस्यका लागि शनिवार मतदान भएको थियो ।

११ मतदाता रहेको जिल्ला फुटबल संघमा साँवाको पक्षमा ७ र पतंवाको पक्षमा ४ मत खसेको छ । तीन उपाध्यक्षमा क्रमस हाङ्नारायण लिङ्खिम १० मत, नरेन्द्र लिम्बु ९ मत र चन्द्र थेबे ७ मतका साथ विजयी भएका छन् ।

सदस्यहरुमा सैलेन्द्र गुरुङ, अम्बिका लिम्बु, विन्दु तामाङ, विनोद लिम्बु, विजय लिम्बु, सुदिर लिम्बु, सुरेन्द्र निरौला, कमल लिम्बु, दिनेश खबास निर्वाचित भएको जिल्ला फुटबल संघले जानकारी दिएको छ ।

१५ सदसिय कार्यसमिति रहने संघको महासचिव र कोषाध्यक्ष निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रावधान रहेको छ । यसैबीच निर्वाचन नवनिर्वाचित अध्यक्ष सावाले अब आˆनो कार्यकालमा जिल्लामा फुटबल क्षेत्रको विकासका लागि लागि पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment