Comments Add Comment

महंगो सावित भयो जुकरबर्गलाई आफैं फेसबुक स्टाटस

आफ्नो एउटा स्टाटसका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले ३.३ बिलियन गुमाउनु परेको छ ।

जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने जुकरबर्गले आफ्नो पेजमा लेखेका थिए ।

त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको छ ।

वाल स्ट्रिटमा शुक्रबार मात्र फेसबुकको शेयर मूल्य ४.५ प्रतिशतले गिरावट आएको छ ।

जुकरबर्गले आफ्नो दिनको सुरुवात ७७.८ बिलियनको मालिकका रुपमा गरेका थिए तर, शेयर बजारमा आएको गिराबटका कारण ७४ बिलियनमा दिनको अन्त्य गरे ।

यससँगै जुकरबर्ग विश्वका अर्बपतिहरुको सूचीमा पनि एक स्थान तल झरेका छन् । उनलाई स्पेनिस अमानसियो ओर्टेगाले पछि पारेका छन् र चौथो स्थानमा उक्लिएका छन् ।

शुक्रबारको स्टक मार्केट बन्द हुँदा अमेजानका जेफ बेजोसको सम्पत्ति १०९ बिलियन डलर पुगेको फोब्र्सले जनाएको छ । नयाँ वर्ष सुरु भएपछि मात्र बेजोसको आन्दानीमा १० बिलियन थपिएको छ । यसको अर्थ दिनको एक बिलियन हुन्छ ।

उनी माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment