Comments Add Comment

‘बीग बोस’बाट ११ करोड लिन्छन् सलमान


बलिउड नायक सलमान खान चलचित्रमा मात्र होइन, टेलिभिजन कार्यक्रममा पनि महंगा छन् । उनले संचालन गर्दै आएको शो ‘बीग बोस’ चर्चामा छ । यो शोको आज फाइनल हो ।

शो फाइनलसम्म आइपुग्दा सलमानको पारिश्रमिकको बिषयमा कुरा गर्न सान्र्दभिक हुन्छ । सलमानले पहिलो पटक ‘बीग बोस’ संचालन गर्दा २.५ करोड पारिश्रमिक लिएका थिए । तर, ११ औ सिजनसम्म आइपुग्दा उनको पारिश्रमिक एक भागको ११ करोड पुगेको छ । यसको अर्थ सलमानले हरेक हप्ता २२ करोड ‘बीग बोस’बाट नै कमाउँछन् ।

उनले गतबर्षको श्रृङ्खलामा ९ करोड पारिश्रमिक लिएका थिए । ‘बीग बोस’ सधै विवादमा रहेपनि चर्चामा भने सधै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment