Comments Add Comment

कस्तो चल्यो दया र दीयाको ‘मिस्टर झोले’ ?


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मिस्टर झोले’ले सुखद ओपनिङ गरेको छ । काठमाण्डौ लगायत देशभर चिसो बढेसँगै हलमा दर्शकको संख्या निकै कमजोर थियो । करिब २ महिनादेखि हलमा दर्शकको संख्या कम भैरहेको थियो । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मिस्टर झोले’ले २ दिनमा सुखद ओपनिङ गरेको छ ।

‘मिस्टर झोले’को ओपनिङलाई आक्रामक भन्न नमिलेपनि कमजोर पनि भन्न मिल्दैन । काठमाण्डौका वितरक गोविन्द शाहीका अनुसार चलचित्रले काठमाण्डौमा मात्र २ दिनमा ७० लाख माथिको ग्रस व्यापार गरेको छ । उनले चिसोमा यति दर्शक आउनुलाई सुखद भन्न सकिने बताए ।

नामको ब्रान्ड र मल्टिप्लेक्समा रुचाइएका कलाकारका कारण पनि यसले सुखद इनिसियल व्यापार गरेको हो । रामबाबु गुरुङ निर्देशित चलचित्रले मिश्रति प्रतिक्रिया पाएको छ । दयाहाङ राई, दीया पुन, बर्षा राउत, बिजय बराल लगायतका चलचित्रमा मुख्य भूमिका छ ।

आजबाट चलचित्रले गर्ने व्यापारले यसको भविष्य निर्धारण गर्नेछ । टेकेन खड्का निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment