Comments Add Comment

‘साली कस्को भेनाको’ बन्ने, विल्सन र सुष्माको रोमान्स


निर्देशक भद्र भुजेलले ‘साली कस्को भेनाको’ नाममा चलचित्र निर्माण गर्ने भएका छन् । निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने यो चलचित्रको छायांकन माघ २ गतेबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन चितवन र धम्पुसमा हुनेछ ।

पुष्प आचार्यको कथामा तयार हुन लागेको चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहनेछ । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङ लगायतको अभिनय रहनेछ ।

दीपा सागर यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् । मानविय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुनेछ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । सुनिल कुमार न्यात्स्यो, विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर यो चलचित्र बनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment