Comments Add Comment

‘होलिडे’मा गौरव, पवित्रा र वुद्दिको मस्ती


प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘होलिडे’का छायांकनका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । यूरोपका विभिन्न रमणिय स्थानमा खिचिएको चलचित्रका तस्बिरहरु सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको हो ।

कमेडी ड्रामालाई पर्दामा उतारेर निर्देशक बसन्त निरौलाले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारि, वुद्दि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन फ्रान्स, बेल्जियम लगायतका देशमा गरिएको छ । यो चलचित्रको छायांकनका लागि ९ जनाको टोली यूरोप पुगेको थियो । यूरोप छायांकनको व्यवस्थापनको जिम्मा श्याम श्रेष्ठले गरेका थिए ।

बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्रमा यूवराज चौलागाई र अमित श्रेष्ठको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment