Comments Add Comment

प्रियंका र आर्यनको ‘बटरफ्लाई’ कस्तो चल्यो ?


औषत प्रचारका कारण चलचित्र ‘बटरफ्लाई’ले औषत ओपनिङ गरेको छ । प्रेश शोमा समेत मिश्रति प्रतिक्रिया पाएको यो चलचित्रले ओपनिङ पनि सामान्य गरेको छ । ओम प्रतिक गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रले मल्टिप्लेक्स थोरै मात्र शो पाएको थियो । निर्माणपक्षका अनुसार दर्शकले चलचित्र मन पराएका छन् । यसैले, माघे संक्रान्तीमा चलचित्रको कमाई बढ्न सक्छ ।

यो चलचित्रसँगै रिलिज भएको अर्को चलचित्र ‘मिस्टर झोले’को असर यसलाई केहि परेको छ । नायक आर्यन अधिकारीको करिअरसँग जोडिएको यो चलचित्रले प्रेमको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment