Comments Add Comment

यदि मड्रिडले १९ अंकको अग्रता लिएको भए हामीलाई मार्ने थिएः अल्बा


१ माघ, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले रियल सोसिडाडलाई हराएको छ । ४–२ को यो जित अर्को अर्थमा पनि महत्वपूर्ण छ कि बार्सिलोनाले सोसिडाडको घरेलु मैदानमा २००७ पछि पहिलो पटक जितेको छ ।

११ औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको घरेलु टोलीले ३४ औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । उसका जुआन्मीले गोल गरेका थिए ।

यससँगै लिग लिडर बार्सिलोनाले खेल गुमाउने त होइन भन्ने आशंका बढेको थियो । तर, तर, लुइस स्वरेजको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले खेलको नजिता उल्टायो ।

३९ औं मिनेटमा स्वरेजको पासमा पाउलिन्होले गोल गरे भने ५० औं मिनेटमा स्वरेजले बराबरी गोल गरे । खेलको ७० औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरे ।

८५ औं मिनेटमा मेस्सीले फ्रि किक गोल गरेपछि बार्सिलोना ४–२ ले विजयी भएको छ ।

जितसँगै बार्सिलोनाले ९ अंकको अग्रता लिएको छ भने रियल मड्रिडसँगको अंक दुरी १९ पुगेको छ ।

बार्सिलोनाका डिफेण्डर जोर्डी अल्बाले यदि बार्सिलोना रियल भन्दा १९ अंकले पछि परेको आए आफूहरुलाई मार्ने थिए भनेका छन् । उनले भने, ‘यदि रियल मड्रिडले बार्सिलोनामाथि १९ अंकको अग्रता लिएको भए हामीलाई मार्ने थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment