Comments Add Comment

चलचित्रकर्मी पौड्यालको पूर्ण कदको प्रतिमा बनाइने


लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय चलचित्रकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्वत रुपमा पारित भएको छ ।

नेपाल सरकारले पौड्याललाई विशिष्ट चलचित्रकर्मीको रुपमा सम्मान गरिसकेको छ । एनएफडीसीका पूर्व अध्यक्ष समेत रहेका पौड्याल लामो समयदेखि चलचित्र वितरण, प्रदर्शन र निर्माणमा सक्रिय थिए ।

नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । गोपीकृष्ण मुभिज, टि.भि.फिल्मी र रेडियो फिल्मी मार्फत चलचित्र क्षेत्रको विकासका लागि उनले लामो समयदेखि काम गरेको भन्दै पूर्ण कदको प्रतिमा बनाउन लागिएको हो । पौडेल राप्रपा पार्टीमा लागेर सक्रिय राजनीतिमा पनि व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment