Comments Add Comment

दार्जिलिङ्गमा फ्यानको विचमा घेरिए पल र आँचल


दार्जिलिङ्ग पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथी बनेर पुगेका नायक पल शाह र नायिका आँचल शर्मा फ्यानको विचमा घेरिएका छन् । उनीहरुलाई फ्यानको भीडबाट जोगाउन प्रहरीलाई समेत मुश्किल परेको थियो । बिहानै म्याराथनको स्टेजमा पुगेदेखि नै पल र आँचलको नाम लिदै कराएका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेजमा चढेका थिए ।

भिडलाई थाम्न नसकेपछि दार्जिलिङ्ग पुलिसका डीएसपी र ट्राफिक सहितको ५० जनाको टोलीले पललाई मुश्किलले होटलसम्म पुर्याएका थिए । होटलमा पनि पल र आँचलका फ्यानले साथ नछाडेपछि उनीहरुलाई प्रहरीले फ्यानमाँझ ल्याएको थियो । पलले पनि आफ्ना फ्यानहरुसँग तस्बिर खिच्न दिन आग्रह गरेका थिए । पललाई दिनभर होटलबाहिर यूवतीहरुले नै पर्खिरहेका थिए । २ दिनसम्म दार्जिलिङ्गमा बसेका पललाई प्रहरीले पूर्ण सुरक्षा दिएको थियो ।

चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएका नायक पल शाह अहिले चल्तीका कलाकारमा गनिन्छन् । उनको क्रेज चलचित्र भन्दा पनि म्यूजिक भिडियोबाट बढी बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment