Comments Add Comment

‘कृ’को ‘यति यति पानी’का लागि ६ महिना मेहनत गरेका थिए अनमोलले


चलचित्र ‘कृ’मा समावेश गरिएको ‘यति यति पानी गंगा रानी’ बोलको गीतले सर्वाधिक चर्चा पाइरहेको छ । यो गीतको मात्र होइन, नायक अनमोल केसीको नृत्यको पनि खुबै चर्चा भैरहेको छ । यसअगाडिका चलचित्रमा आफ्नो नृत्य देखाउन नसकेका अनमोलले यसपटक भने यस्तो डान्स कसरी गरे होलान्, दर्शकमा यो खुलदुली पनि छ ।

अनमोलकै स्टारडमका कारण सार्वजनिक भएको एक साता भन्दा बढी समय युटुबको १ नम्बर ट्रेन्डिङमा समेत यो गीत रहन सफल भयो । यो गीतमा अनमोल र केहि कोरसहरु मात्र देखिएका छन् । अनमोल केसीले डान्समा सुधार ल्याउनका लागि निकै मिहिनेत गरेका छन् । अनमोलले भने–‘मैले डान्सका लागि ६ महिनाको ट्रेनिङ लिएको थिएँ । यो गीतका लागि २ महिना पूर्ण डान्स सिकेको छु ।’ उनले कोरियोग्राफर रेनशा वान्तवा राइसँग डान्स सिकेको बताए ।

अनमोल केसी आफूमा आएको परिवर्तनका बिषयमा भन्छन्–‘मेरो ड्याडीले भन्नुहुन्थ्यो, सिक्यो भने त बाँदरले पनि नाँच्न सक्छ । म त मान्छे हुँ, परेपछि नसिक्ने कुरै भएन ।’ यसअगाडि के तपाइले हेलचक्राइ गर्नुभएको हो त भन्ने प्रश्नमा अनमोलले भने–‘होइन, यसअगाडि कुनै पनि चलचित्रमा मलाई यसरि नचाउने कोशिश नै गरिएन । मेरो भागमा परेका गीतहरु निकै सामान्य खालका थिए । यसैले पनि दर्शकले मेरो नृत्य हेर्न पाउनुभएन, मैले पनि धेरै सिक्न जरुरी ठानिनँ ।’

अनमोल गीतले राम्रो दर्शक पाउनुमा आफ्नो स्टारडम भन्दा पनि एकप्रकारको प्रस्तुति भन्छन् । निर्माण टिमले आफूलाई नयाँ शैलीमा ढाल्ने हो भने आफूले सधै नै मिहिनेत गर्ने अनमोलको भनाई छ । माघ २६ गतेबाट रिलिज हुन लागेको अनमोल अभिनित चलचित्र ‘कृ’ सर्वाधिक प्रतिक्षामा छ । अनमोल केसी माघ महिनाका लागि अनलाइनखबरको ‘सेलिब्रिटी अफ द मन्थ’ समेत रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment