Comments Add Comment

हुस्सुका कारण तराईका उडान प्रभावित

१ माघ, काठमाडौं । पूर्वी तराईमा बाक्लो हुस्सु लागेकाले सोमबार बिहानदेखि त्यसतर्फ कुनै उडान हुन सकेको छैन ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानदेखि सिमरा, जनकपुर, विराटनगर, भैरहवातर्फको उडान हुन सकेको छैन । तर, पहाडी भेगमा भने उडान प्रभावित भएको छैन ।

साथै सुदुरपश्चिमाञ्चलस्थित धनगढी विमानस्थलमा भने उडान भइरहेको छ । पोखरा लुक्ला जस्ता क्षेत्रको उडान प्रभावित नभएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

पहाडी क्षेत्रतिरको मौसम ठिकै भएकाले अहिले नियमित उडान भइरहेको ठाकुर बताउँछन् । ‘तराई क्षेत्रमा बिहानाबाट हुस्सु लागेको छ, जसका कारण अहिलेसम्म त्यसतर्फ कुनै उडान हुन सकेको छैन,’ उनले भने ।

हुस्सु खुलेपछि मात्रै तराईका विमानस्थलमा उडान गराउने त्रिभुवन विमानस्थल कार्यालयको तयारी छ । अत्याधुनिक मेसिन जडान नभएका कारण तराईका विमानस्थलहरुमा यस्तो हुस्सु लागेको समयमा उडान प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment