Comments Add Comment

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प

२९ पुस, काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर हृवील गाडीहरुको लागि नेपालभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्ग गराएको छ ।  पुस २४ गतेबाट मेला सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त क्याम्प यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पार्टस् , लुबि्रकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो ।

कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।

साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमा आँखा, ब्लड प्रेसर, सुगर तथाअन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो ।

यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गरेका थिए । यो सर्भिस सेवा विशेष रुपमा सफल भएको छ ।

सयौंको संख्यामा महिन्द्रा धनीहरुको उपस्थिति रहेको थियो । विक्री पछिको उत्कृष्ट सेवाले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय ब्रान्ड एक्पेरियन्स प्राप्त भएको छ ।

सहभागी ग्राहकहरुको उच्चतम् सहभागीताले गर्दा कम्पनीलाई अझ बढी हौसला एवं गारवान्वित तुल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment