Comments Add Comment

तामाङ समाज कतारले साँस्कृतिक कार्यक्रमसहित २८५४ औं सोनाम ल्होछार मनाउने

१५ जनवरी, कतार ।  ‘तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक परिवर्तन’ भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले विशेष कार्यक्रम गरी ल्होछार पर्व मनाउने भएको छ ।

हरेक वर्ष जस्तै यस वर्ष जनवरी १९ तारिखमा उमसलाल अलिस्थित अल दाना रिसोर्टमा चर्चित कलाकारहरुको उपस्थितिमा २८५४ औं मन्जुश्री सम्वत अर्थात सोनाम ल्होछार कार्यक्रमको गर्न लागेको हो ।

कार्यक्रमको लागि सँस्थाले सबै प्रक्रिया पूरा गरिसकेको बताउँदै अायोजकले कार्यक्रममा चर्चित कलाकारहरूको समेत उपस्थिति हुने भएकोले पहिलेको भन्दा अझ विशेष हुने दावी गरेको छ ।

कार्यक्रममा नेपालबाट गायक बिजय लामा, मोडेल तथा नायिका रुपा एस घले तामाङ, सेलो गायक प्रयास दोङ, म्येहेन्दोमाया गायक जयवीर तामाङ, मोडल तथा डान्सर डोल्मा मनाङथेन प्रस्तुतिका लागि कतार अाउने छन् ।

नेत्र वाइबा तामाङ संयोजक, र सन्जय डिम्डुङ तामाङ उपसंयोजक रहेको कार्यक्रमको सहजिकरण सँस्थाका महासचिव धिरेन तामाङ र सदस्य गुराँस तामाङले गर्ने जनाइएको छ ।

उपाध्यक्ष प्रकाश तामाङको संयोजकमा विभिन्न ठाउँका ब्यक्तीहरुलार्इ गाडीको जिम्मा दिएको समाजले बताए । पहिलो औपचारिक र दोस्रो साँस्कृतिक गरी कार्यक्रम दुर्इ चरणमा सम्पन्न हुने अायोजकले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment