Comments Add Comment

महेन्द्रनगरमा विराट सत्संग समारोह हुने

१ माघ, महेन्द्रनगर । कन्चनपुरको महेन्द्रनगरमा विराट सत्संग समारोह हुने भएको छ ।

आध्यात्मिक तथा सामाजिक सद्भाव कायम गरी धर्म संस्कृतिको संरक्षण र सम्बर्दन गर्न यही माद्द ५ र ६ गते विराट सत्संग आयोजना गर्न लागिएको हो ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुने उक्त समारोहमा देश विदेशबाट सयौंं सन्तमहात्मा र हजारौको संख्यामा धार्मिक पर्यटकको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न भारतबाट अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व सद्गुरुदेव श्री सतपालजी महाराज आउने आयोजकले जानकारी दिएको छ ।

एक महिना अघिबाट हजारौं सन्तमहात्मा र भक्तजनहरुको लागि महेन्द्रनगरको खुलामञ्चमा बिशाल टेन्टपण्डाल लगाइएको छ ।

खाना र आवासको व्यवस्था समेत प्रबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment