Comments Add Comment

स्कटल्याण्डमा खिचिएको प्रदिप र जसिताको ‘इज इट लभ’ सार्वजनिक


चलचित्र ‘लिलिबिली’को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

वैशाख १४ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो भिडियोलाई सुदिप बरालले खिचेका हुन् । स्कटल्याण्डको रमणिय लोकेशनमा यो गीतको भिडियो खिचिएको छ ।

चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप लगायतका कलाकार उपस्थित थिए । गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment