Comments Add Comment

मलेसियामा आयोजित माघी महोत्सव सम्पन्न

१५ जनवरी, मलेसिया । प्रवासी थारु सेवा समाज मेलेसियाले क्वालालम्पुरमा आयोजना गरेको माघी महोत्सव सम्पनन भएको छ ।

महोत्सवमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले स्वदेशमै रोजगारी नपाएर विदेशिएका नेपालीहरुले विदेशमा समेत दुःख पाएको खबरले आफू निकै चिन्तित भएको बताए ।

राज्यमन्त्री चौधरीले भने,’हामीले राजनीति लडाई लडिसक्यौं अब विकास गर्नुपर्ने भएको र आफनै देशमा रोजगारीको सृजना गर्नुपर्ने भएको छ ।’

आफूले कमाएको रेमिटान्स सही तरिकालेसदुपयोग गर्न अनुरोध गर्दै उनले भने,’दुःखले कमाएको पैसा ठीक ठाउँमा लगानी गर्नुहोस देश हामीलेनै बनाउने हो ।’

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमानसिं बस्न्यात, एनआरएन मलेसियाका महासचिव सुन्दर आले,पूर्व अध्यक्ष शंकरबहादुर पौडेल,जनजाति महासंघ मलेसियाका अध्यक्ष पीटी शेर्पा, नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगन्द्र कोइराला,लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

आरपी चौधरीले संचालन गरेको कार्यक्रम सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

कायक्रममा नेपालाबाट आएका कलाकारहरु अन्जु कुश्मि,राजकुश्मि तथा स्थानीय कलाकारहरुले समेत आफनो प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment