Comments Add Comment

रातभर जाग्राम बसेर देवघाटमा विहानैदेखि नुहाउनेकाे भीड, तस्वीर

१, माघ, चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेलाको अवसरमा भक्तजनको ठूलो भीड लागेको छ । आइतबार राति नै देवघाटमा आएर रातभर जाग्राम बसी बिहानै त्रिशुली र कालीगण्डकी नदीको संगमस्थलमा नुहाउनेहरुको खचाखच भीड थियो ।

हरेक बर्ष माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेलामा देशका धेरै ठाउँबाट भक्तजनहरु आउने गर्छन् । यस वर्ष वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको थियो । नुहाउँदा कुनै दुर्घटना नहोस् भनेर नदी किनारमा डोरी टाँगिएको थियो ।

डुंगा र र्‍याफ्टिङ सयरमा अशक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । मेलास्थलमा हिन्दी गीतहरु बजाउन रोक लगाइएको थियो ।

मेलास्थलमा जान चितवनतर्फबाट २ वटा बाटो खुला गरिएको थियो । काठमाडौं, पोखराबाट आउने दर्शनार्थीहरु दासढुंगाको बाटो भएर देवघाट मेलामा गएका छन् । पूर्वबाट आउने दर्शनार्थीहरु रामनगरको बाटो भएर देवघाट जाने व्यवस्था गरिएको थियो ।

मेलाबाट फर्कने दर्शनार्थीहरुले आँपटारीको बाटो प्रयोग गरेका थिए । देवघाटमा मेला भर्न ४ लाखभन्दा बढी भक्तजन आउने दाबी देवघाट क्षेत्र विकास समितिको छ । मंगलबार औंशी परेकोले भक्तजनहरुको भीड कायम रहने क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment