Comments Add Comment

लिभरपुलसँगको २५ वर्षे सहकार्य स्मरण गर्दै कार्ल्सवर्गले ल्यायो ‘द रेड हप् बोटल’


१ पुस, काठमाडौं । प्रसिद्ध फुटबल क्लव लिभरपुलसँगको सहकार्यको २५औं बर्षको अबसरमा काल्र्सवर्गले ‘द रेड हप् लिमिटेड-एडिशन बोटल’ सार्वजनिक गरेको छ । हायात रिजेन्सी होटलको ‘द रक्स बार’मा लिमिटेड-एडिशनको बियर सार्वजनिक गरेको हो ।

लिभरपुल एफसीसँगको आफ्नो २५औं वाषिर्कोत्सवको उत्सव मनाउन काल्र्सवर्गले निकै नै अद्भुत द रेड हप् बियरको उत्पादन गर्‍यो । हप्स भनेको बियर मुख्य तत्वमध्ये एक हो, हब् बिरुवाको कन्सले बियरलाई होपी स्वाद प्रदान गर्छ ।

काल्र्सवर्गको कोपनहेगनमा अवस्थित अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले विशेष रेड हब् बिरुवाको उत्पादन गरेर त्यसलाई लिभरपुल एफसीको २५ वर्षको फुटेज् अवलोकन गरी तयार गरिएको थियो ।

गोर्खा बु्रअरीका उप प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले भने, “हामी लिभरपुलको भाग भएको २५ वर्ष भएको उपलक्ष्यमा क्लबसँगको सम्बन्धलाई अझ गहिरो बनाउन प्रयास गरिरहेका छौं । अक्टोबरमा लन्च गरिएको विशेष बियरमा काल्र्सवर्गको अनुसन्धान प्रयोगशालाका वैज्ञानिकहरुले लिभरपुलको फुटेज् प्रयोग गरी विशेषरुपमा उत्पादन गरेका हब् प्रयोग गरी बनाइएको हो । २५ वर्षको म्याचहरुको दृश्य र ध्वनीबाट प्रभावित भएको यो हब्को अवधारणा साँच्चै नै अद्वितीय छ ।”

गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले भने, “काल्र्सवर्ग र लिभरपुल फुटबल क्लबको सम्बन्ध खेलकुद जगतको साझेदारीहरु मध्येकै सबैभन्दा लामो साझेदारी हो । हाम्रो २५ वर्षभन्दा लामो इतिहासको यो साझेदारीमा हामी ज्यादै गौरवान्वित छौं । आफ्ना लिभरपुल एफसीका प्रशंसकहरुलाई केही विशेष दिनको लागि काल्र्सवर्गले क्लब जस्तै नै उत्कृष्ट बियरको सृजना गरेको हो ।”

सो अबसरमा सन् २०१६ को डिसेम्बरमा क्रोनिक डिजिजका कारण मृत्यु भएका स्वर्गीय विकास न्यौपानेलाई मरणोपरान्त सम्मान गरियो ।

लिभरपुलका समर्पित प्रशंसक रहेका न्यौपानेलाई गोर्खा बु्रअरीका उप प्रबन्ध निर्देशक सुरेन्द्र सिल्वालले सबै खेलाडिले हस्ताक्षर गरेको जर्सी प्रदान गरे, जुन उनलाई युकेको लिभरपुल फुटबल क्लबले पठाएको थियो ।

विकासका पिता र बहिनी (टेकबहादुर न्यौपाने र सुलोचना न्यौपाने)ले उक्त फ्रेम गरिएको जर्सी ग्रहण गरेका थिए । जर्सी स्वीकार गर्दै टेक ब. न्यौपानेले काल्र्सवर्ग र लिभरपुललाई उहाँको स्वर्गीय छोरालाई सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरे । उनी दृष्टीबिहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment