Comments Add Comment

सुजुकी सेलेरियोको टेष्ट ड्राइभ अभियान

१ माघ, काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विव|mेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पल पुसदेखि राष्ट्रब्यापी रुपमा संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिएको छ ।

उपभोक्तालाई खरिद निर्णय लिनु पूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा पुसभर अभियान सञ्चालन भएको थियो ।

कम्पनीका अनुसार ५८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गर्दै किन्नु अगाडी टेष्ट राईड गर्न सुविधा पाएकोमा सन्तुष्टी जनाए ।

कम्पनीका सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार “ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ, भावी संचालन हुने टेष्ट राईड कार्यक्रममा पनि ग्राहकवर्गको सोही उल्लाहसपूर्ण सहभागिता प्राप्त हुनेमा आशावादी छौं ।’

सेलेरिया “द परफेक्ट फेमिली कार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment