Comments Add Comment

पर्साका थारु समुदायले मनाए माघी महोत्सव

१ माघ, वीरगञ्ज । सोमबार वीरगञ्जका थारु समुदायले माघी महोत्सव गरेका छन् । थारु संवत २६४२ को अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।

माघी मूल समारोह समिति पर्साको आयोजनामा भएको कार्यक्रममा थारुहरुको साँस्कृतिक पर्व समाचकेवाको प्रदर्शन गरिनुका साथै थारु परिकारको स्टलसमेत राखिएको थियाे ।

महाेत्सवमा थारु अगुवाहरुले आदिवासी जनजाति थारु समुदायको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताएका छन् । त्यसका लागि राज्यलाई अझै दबाव दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । महोत्सवमा आयोजना गरिएको रक्तदानमा एक सय एक जनाले रक्तदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment