Comments Add Comment

चेलिनीलाई टेकेपछि पनि बार्सिलोनाले चाहेपनि रोएका थिए स्वरेज

१ माघ, काठमाडौं । विश्वकपमा इटलीका जर्जिओ चेलिनीलाई टेकेको घटनापछि पनि बार्सिलोनाले आफूलाई भित्र्याउन चाहेपछि आफू रोएको लुइस स्वरेजले बताएका छन् ।

विश्वकप २०१४ मा चेलिनीलाई टेकेपछि स्वरेजमाथि चार महिनाको प्रतिवन्ध लागेको थियो ।

यो घटनापछि बार्सिलोना जाने सपना टुटेको महसुस भएको स्मरण गर्दै स्वरेजले भने, ‘मैले (क्लब) अध्यक्षसँग कुरा गरे । उनीहरुले भने कि यसले कुनै समस्या गर्दैन । म रोए किनकी उनीहरुले अझै अनुवन्ध गर्न चाहन्छन् ।’

यो घटनापछि आफूमा आत्वविश्वासको निकै कमी भएको उनले स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment