Comments Add Comment

१६ करोड डलर ठग्ने ठगलाई १३ हजार वर्ष जेल

एकजना ठगले १३ हजार २ सय ७५ वर्षको जेल सजाय पाएको छ । थाइल्याण्डको एक अदालतले यस्तो सजाय सुनाएको हो ।

३४ वर्षको पुडिट किट्टीथ्राडिलोक उच्च मुनाफा प्रदान गर्ने भन्दै एउटा कम्पनी खडा गरी ४० हजार जना मानिसहरुबाट झण्डै १६ करोड डलर बराबरको रकम हात पार्न सफल भएको थियो ।

अवैध रुपमा ऋण प्रदान गर्ने लगायतका २ सय ६५३ वटा ठगीका घटनामा उनी दोषी ठहर भएका छन् ।

अभियुक्तले सुरुमा १३ हजार २ सय ७५ वर्ष जेल सजाय पाएकोमा उनले आफ्नो अपराध स्वीकार गरेकोमा सजाय आधाले घटाइएको छ र अब उनी ६ हजार ६३७ वर्ष ६ महिना मात्र जेलमा बस्नुपर्नेछ ।

आफूले प्रोपर्टी डेभलपमेन्ट, ब्यूटी, कार, निर्यात लगायतका कम्पनी स्थापना गरेको र प्रशस्त मुनाफा हुने भन्दै विभिन्न सेमिनारहरु आयोजना गरी उनले मानिसहरुलाई लगानी गर्न उक्साउँथे । साथै नेटवर्क बिजनेस जस्तै नयाँ सदा थप गर्नेलाई कमिसन प्रदान गर्ने स्किम पनि उनले ल्याएका थिए । हजारौँ वर्षको जेलसँगै उनका दुईवटा कम्पनीले २६५३ जना पीडितलाई कुल ४ करोड डलर तिर्नुपर्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment