Comments Add Comment

यो हो दुनियाँकै खास कुकुर, जसले पायो विशेष काममा नियुक्ति


कुकुर बफादार हुने भएकैले यसलाई मानिसको सबैभन्दा विश्वासिलो साथी भनिन्छ । घरमा त कुकुर पालिन्छ नै दुनियाँमा फौजी संस्थाहरुले पनि अनुसन्धानमा कुकुरको प्रयोग गर्दछन् । तर आज जुन कुकुरको यहाँ चर्चा गरिँदैछ, उसलाई अरु नै कुनै अनौठो कामका लागि भर्ना गरिएको हो ।

केही दिनअघि अमेरिकाको बोस्टन म्युजियम अफ फाइन आर्टस्ले एक रिले नामको कुकुरलाई कर्मचारीको रुपमा भर्ना गर्यो । रिले कुकुरलाई संग्राहलयको सुरक्षाका लागि होइन की संग्रहालयमा राखिएका कलाकृतिलाई किरा, माकुराहरुबाट जोगाउने कामका लागि नियुक्त गरिएको हो ।

एक पत्रकार सम्मेलनमार्फत कम्पनीले रिले कुकुरलाई नियुक्त गरिएको जानकारी दिएको हो । कुकुरलाई किरा फट्यांग्रा तथा माकुराहरु कसरी नियन्त्रण गर्ने भन्ने तालीम दिएर नियुक्ति दिइएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment