Comments Add Comment

रेफ्रीले पहिला लात हाने, अनि रातो कार्ड देखाए (भिडियोसहित )


१ माघ, काठमाडौं । एक रेफ्रीले सुरुमा खेलाडीलाई लात हानेका छन् र रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका छन् ।

फ्रान्सको लिग वानमा आइतबार राति पेरिस सेन्ट जर्मेन र नन्ट भिडेका थिए । खेलको अन्तिमतिर नाटकीय दृश्य देखियो । पीएसजी काउन्टर अट्याकमा गएको बेला नन्टका डिफेण्डर डिएगो कार्लोस त्यसलाई पछ्याइरहेका थिए ।

दौडिने क्रममा रेफ्री टोनी च्यापरोन लड्न पुगे । त्यसपछि जे भयो, त्यो केही अनौठो थियो ।

च्यापरोनले कार्लोसलाई किक हाने । साथै दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड दिएर मैदानबाट बाहिर पठाए । कार्लोसले सुरुमा त विरोध गरे तर, निर्णय स्वीकार गर्दै बाहिरिए ।

खेल सकिन केही मिनेट मात्र बाँकी रहेको र टिम १-० ले पछि परेकाले रिजल्टमा ठूलो परिर्वतन त भएन तर, रेफ्रीका कारण खेल विवादास्पद रह्यो ।

नन्टका अध्यक्षले रेफ्रीमाथि ६ महिने प्रतिबन्ध लगाउन माग गरेका छन् । वाल्डेमेर किटाले भने, ‘रेफ्री जोक भए भनेर मैले विश्वभरबाट २० वटा एसएमएस पाएँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment