Comments Add Comment

महाराजगञ्जमा माेटरसाइकल दुर्घटना, २ जना घाइते

२ माघ, काठमाडाैं । काठमाडाैंकाे महाराजगञ्जमा गएराति माेटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा माेटरसाइकल चालक काठमाडाैंकाे गाेल्फुटारका ३४ वर्षीय कमल दाहाल र पछाडि सवार २५ वर्षीय अनिल महताे छन् ।

प्रहरीका अनुसार राति साढे ११ बजे उनीहरू सवार बा ३० प ७६२५ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भर्इ दुर्घटनामा परेकाे थियाे ।

घाइते दुवैको ग्रिन सिटी अस्पताल, धापासीमा उपचार भैरहेको छ । थप अनुसन्धान भर्इ रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment