Comments Add Comment

ओमबिक्रम बिष्टको सहयोगार्थ नर्थ क्यारोलिनामा एक घन्टामै २ लाख १० हजार संकलन

अमेरिका / नर्थ क्यारोलिनामा पप सम्राट ओमबिक्रम बिष्टको स्वास्थ्य उपचारको सहयोगार्थ गरिएको कोष वृद्धि कार्यक्रमबाट एक घण्टाम (५० मिनेट) मै २ लाख १० हजार जुटाउन सफल भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकको प्रत्यक्ष प्रसारणबाट सांगीतिक कोसेली प्रस्तुतको साथ गरिएको कार्यक्रममा उक्त रकम संकलन भएको हो ।

अमेरिकाको दक्षिण पूर्वी १५ वटा राज्यहरुमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नासा (नेप्लिज एसोसिएसन अफ साउथ ईस्ट अमेरिका ) र टीयनसीसीको संयुक्त प्रस्तुतिमा आयोजना भएको कार्यक्रमलाई अमेरिकाबाट सञ्चालित पाँचवटा चर्चित संचार माध्यमहरू क्रमस इनेप्लिज, नेपाली साईट, ओएस नेपाल, डीसी नेपाल र फिल्मी बजारले प्रत्यक्ष प्रसारण गरेका थिए ।

गायक बिस्टको मिर्गौला प्रत्यारोपण उपचारको लागि यसरी अमेरिका कै पाँच वटा चर्चित सञ्चार माध्यमहरूले एउटै थलोबाट प्रसारण गरेको पहिलो पटक भएको कार्यक्रम सञ्चालक तथा नासाका सांस्कृतिक समितिका अध्यक्ष विशाल भारतीले जानकारी दिए ।

मलाई आवाज देउ बोलको गीतबाट सुरू भएको उक्त कार्यक्रममा कलाकार सुमन भट्टराई, अग्नि बियांडका लीड भोकलिस्ट प्रदीप घिमिरे र पुराना आधुनिक गायक बसन्त खड़काले गायक बिस्टका चर्चित गीतहरू गाएका थिए ।

अमेरिकी पूर्वीय समय अनुसार बेलुकी ९:३० बजेबाट सुरु भएको उक्त “फेसबुक लाइभ फन्डरेजिंग ” कार्यक्रममा विश्वभर छरिएर रहेका नेपालीहरुलाई पप गायक बिष्टको उपचारको सहयोगको लागि अनुरोध गरिएको थियो ।

कार्यक्रम चलिरहदा दर्शकहरुले प्रत्यक्ष दान पनि गर्ने भएकोले पेपल लिंक राखि सम्पूर्ण दाताहरुको नाम कार्यक्रममा उल्लेख गरिएकोले यस कार्यक्रम अत्यन्तै सफल भएको नासाका बर्तमान सभापति माधव ढकालले जानकारी दिए ।

यस अघि पनि भारतीले आफ्नै सक्रियतामा यस्तै फेसबुक लाइभ फन्डरेजिंग “सामाजिक संजाल प्रत्यक्ष प्रसारण कार्यक्रम गरेर कलाकार दिपक छेत्रीको उपचारको लागि २ लाख र केही समय अगाडि मात्रै पूर्वी नेपालमा आएको बाढीमा १०१३ घर धुरीलाई राहत प्याकेज करिब ७ लाख रुपैयाँ र ७ जना मृतक परिवारलाई ५ हजारको दरले ३५,००० रूपैयाँ बाड्न सफल भएका थिए।

गायक ओमबिक्रम बिष्टको आफ्नो दुवै मृगौला खराव भए पछि पप सम्राट बिष्ट अमेरिकामा आफ्नो छोरी ज्वाईको घरमा बसेर डायलसिस गराई रहेका छन्।

सामान्यता अमेरिकामा मृगौला प्रत्यारोपणको लागि ५ देखि १० वर्ष सम्म कुर्नुपर्ने भएकोले गायक बिष्ट भारतमा गई तुरुन्त उपचार गर्न इच्छुक रहेको र आफूसँग खर्चको अभाव रहेको भनि विभिन्न संचार माध्यमबाट सबै नेपालीहरुसंग सहयोगको लागि अनुरोध गरिरहेका बेला नासा र टियनसिसिले गायक विष्टको उपचारमा सहजता खोज्दै यो कार्यक्रमको आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment