Comments Add Comment

‘भाइ’सँग किन काम गरेको भन्नेलाई प्रियंकाको कडा जवाफ


बलिउड नायक साहरुख खानले आफू भन्दा धेरै कान्छी उमेरकी नायिका आलिया भट्टसँग काम गरे । नायिका दीपिका पादुकोण ८ बर्षकी हुँदा साहरुखको चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जायंगे’ हेरेकी थिइन् । पछि उनै दीपिकाले साहरुखसँग पर्दामा रोमान्स गरिन् ।

नायक सलमान खान हुन् या आमिर खान, धेरैको अहिले काम गरिरहेका नायिकासँग उनीहरुको उमेर अन्तर धेरै फरक छ । तर, ५२ बर्षमा पुगेका बलिउडका खानहरुसँग काम गरेका धेरै नायिका रिटायर्ड भैसकेका छन् ।

नायिका प्रियंका कार्कीले सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा यहि कुरालाई उठाउने कोशिश गरिन् । नायक प्रदिप खड्कासँग चलचित्र ‘लिलिबिली’मा पर्दा शेयर गरेपछि प्रियंकालाई ‘भाइ’सँग काम गरेको भन्दै धेरै प्रश्नको सामाना गर्नुपर्‍यो ।

यो प्रश्नको जवाफ दिदै प्रियंकाले भनिन्-‘नायकले आफू भन्दा धेरै कम उमेरकी नायिकासँग काम गर्दा किन प्रश्न उठ्दैन । आफू भन्दा कान्छा नायकसँग काम गर्दा पहाड नै खस्ने त होइन होला ?’

प्रियंकाले यो प्रश्नको जवाफ दिइराख्न आवश्यक छ जस्तो आफूलाई नलागेको समेत बताइन् । चलचित्र ‘लिलिबिली’मा पि्रयंका अर्की नायिका रेविका गुरुङको ठाउँमा अनुवन्धित हुने वित्तिकै प्रदिपसँग उनको जोडी नसुहाउने चर्चा सुरु भएको थियो । निर्देशक मिलन चाम्सले भने आफूले प्रियंकाकै लागि चलचित्र लेखेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment