Comments Add Comment

कस्तो बन्नेछ ‘पण्डित बाजेको लौरी’ ?


चलचित्र ‘पण्डित बाजेको लौरी’को निर्माण हुने भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दीपक ओलीले निर्देशन गर्न लागेको सामाजिक चलचित्रको घोषणा गरिएको हो ।

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारि, कुददिप अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।

थमनकुमार भण्डारी र किशोर खड्काले मिलेर यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । अधृत फिल्मस् प्रालिको ब्यानरमा यो चलचित्र निर्माण हुनेछ । एउटा सानो गाउँभित्र पण्डित्याँइको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथामा यो चलचित्र बन्नेछ ।

महेश दवाडीको कथा, पटकथा तथा संवाद रहने चलचित्रमा विदुर पाण्डेको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको सम्पादन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment