Comments Add Comment

‘पद्यमावत’मा दीपिकाले छोपिन् ‘नाइटो’, कम्मर पनि नदेखाउने


सञ्जयलीला भन्सालीको विवादास्पद चलचित्र ‘पद्यावत’ रिलिजको तिथी नजिकिँदै गएको छ । चलचित्र जाँचपास समितिले चलचित्रमा पाँच कुरा परिवर्तन गर्न निर्देशन दिएपछि निर्देशक भन्सालीले समितिको निर्देशन अनुसार केहि दृष्य परिवर्तन गरेका छन् ।

पहिला चलचित्रमा राखिएको घुमर डान्समा दीपिका पादुकोणको नाइटो देखिएको थियो । अब त्यस्तो हुने छैन । उनको नाइटो छोपिने छ भने कम्मर पनि देखिने छैन । राजपुत करणी सेनाले कि त दीपिकाको उक्त डान्स बन्द गर्नुपर्ने होइन भने कम्मर देखाउन नपाइने माग राखेका थिए ।

अन्यमा नाम परिवर्तन गरेर ‘पद्मावत’ राखिएको छ भने चरित्रको गम्भिरतालाई हेरेर घुमर डान्स परिवर्तन गरिएको छ । अर्को कुरा सतीप्रथाको वारेमा अपभ्रंस पैदा गर्ने काम पनि बन्द गरिएको छ । कतिपय ऐतिहासिकता वारेमा भएको भ्रम हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment