Comments Add Comment

मध्यविन्दूमा ला लिगाः बार्सिलोनाको वर्चश्व, रियल मड्रिड कमजोर

२ माघ, काठमाडौं । ला लिगा आधा बाटोमा आइपुगेको छ र पहिलो राउन्डमा सशक्त प्रदर्शनपछि बार्सिलोनाले उपाधि आफ्नो पोल्टोमा पार्ने लगभग तय भएको छ ।

रियल मड्रिडविरुद्ध स्पेनिस सुपर कपमा फितलो प्रदर्शन गरेको पाँच महिनामै क्लबले यो ‘चमत्कार’ गर्ला भन्ने कमैलाई विश्वास थियो । यस क्रममा एर्नेस्टो भाल्भर्डेको टोली १९ वटा म्याच खेल्दासम्म अपराजित रहेको छ । उसले अहिलेसम्म १६ जित र ३ बराबरी खेलेर ५१ अंक जोडेको छ ।

बार्सिलोना अहिले दोस्रो स्थानमा रहेको टिमभन्दा ९ अंकले, तेस्रो स्थानको भन्दा ११ अंकले र चौंथो स्थानको टिमभन्दा १९ अंकले अगाडि रहेको छ । बार्सिलोनालाई उपाधि दिलाउन यो अन्तर सम्भवतः पर्याप्त हुनेछ ।

एथ्लेटिकोले अझै हार मान्ने छैन

दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याडि्रडले एउटा मात्र खेलमा पराजय व्यहोरेको छ भने आठ गोल मात्र खाएको छ । जान ओब्लाक र उनको प्रतिरक्षाको सुरक्षाका कारण यस क्लबले आफ्नो साख फिर्ता ल्याएको छ ।

सिजनको कठिन सुरुवात र च्याम्पियन्स लिगबाट अप्रत्यासित रुपमा बाहिरिएपछि डियगो कोस्टा र भिटोलोको आगमनले उनीहरुलाई ठीक समयमा सुधारेको छ ।

त्यसैले उपाधिमा बार्सिलोनाको सम्भावना प्रवल भएपनि एल्थेटिको मडि्रडले अझै हार भने मान्ने छैन ।

टप इन्डमा भ्यालेन्सियाको फिर्ती

मार्सेलिनोको भ्यालेन्सिया तेस्रो स्थानमा छ र उसले हासिल गरेको ४० अंकले एउटा टिमको रुपान्तरणलाई प्रतिबिम्बित गर्छ ।

रोडि्रगो, जाका, कोन्डोग्बिया र गुयड्सजस्ता खेलाडीहरु च्याम्पियनसीपमा चम्किएका ठूला प्रतिभाहरु हुन् ।

संकटमा रियल मड्रिड

यो सिजनले पहिचान गर्न नसकिने रियल मड्रिड देखेको छ, जसले लिगको आधा खेल सकिँदासम्म कुनै प्रभाव छोड्न सकेको छैन ।

उनीहरु गहिरो संकटमा फसेका छन् । अगूवा बार्सिलोनाभन्दा १९अंकले पछाडि छन् । १ सय १२५ पटक प्रहार गर्नुका बाबजुद ३२ पटक मात्रै बललाई जाली चुमाउन सफल भए । प्रहार र गोलको यो अनुपात १० वर्षयताकै उसको सबैभन्दा कमजोर हो ।

भिल्लारियल र सेभिल्ला, विपरित मनोदशा

बेर्नाबेउमा बाकाम्बु बेगर नै जित हासिल गरेपछि भिल्लारियल लिगको पाँचौं स्थानमा उक्लिएको छ । उनीहरु रियलमड्रिडभन्दा एक अंक पछाडि छन् भने सेभिल्लाभन्दा दुई अंक अगाडि छन् ।
सेभिल्लालाई पहिलो राउन्डको अर्को एउटा निराशाका रुपमा हेरिएको छ ।

बेरिज्जोको बहिर्गमनपछि मोन्टेला आए तर, केही परिवर्तन भएन ।

एइबार आफ्नो पछिल्लो उत्कृष्ट र्फमका कारण सातौं स्थानमा छ । बढुवा भएका दुई नयाँ टिमहरु गेटाफे र गिरोनाका साथमा लिगान्सले पनि यो लिगमा लोभलाग्दो प्रदर्शन गरेका छन् ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment