Comments Add Comment

शिल्पालाई पृथ्वीको ‘बम्पर उपहार’

चलचित्र ‘मंगलम’मा समावेश ‘पर्ख पर्ख मायालु’बोलको गीत सर्वाधिक चर्चामा छ । यो चलचित्रको प्रदर्शन मिति पनि २ पटक सरिसकेको छ । अब भने यो चलचित्र फागूण २५ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको रिलिज मिति नजिकिदै गएपछि चलचित्रमा समावेश दोश्रो गीत ‘बम्पर उपहार’ बोलको गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द रहेको गीतमा प्रमोद खरेलको स्वर छ । चलचित्रको यो गीतमा नायिका शिल्पा पोख्रेल र नायक पृथ्वीराज प्रसाइलाई देखाइएको छ । चलचित्रमा पुष्पल खड्का पनि मुख्य भूमिकामा छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई बिष्णु घिमिरेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । विजेन्द्र शाक्य, साकार ओझा, ओम गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment